१५ कार्तिक २०८३, शनिबार

 

कोरोनासँगै सवारी दुर्घटना रोक्न ‘चालकसँग एक मिनेट’

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबार बागलुङ सदरमुकाममा ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन ‘चालकसँग एक मिनेट’ कार्यक्रम गरेका छन् ।

‘ट्राफिक नियमको पालना गरौं, सुरक्षित बनौं’ नारासहित बागलुङ नगरपालिका–१ बांगचौरस्थित बागलुङ–पोखरा सडक खण्डमा बिहान ११ देखि १ बजेसम्म सवारीसाधन रोकेर जनचेतना फैलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिव पाठकले बताए

कोरोना भाइरस नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरणका लागि उक्त सडक खण्डमा ६५ जना सवारी चालकलाई सचेत गराइएको हो । त्यस क्रममा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठ र ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले प्रत्येक चालकलाई एक मिनेट रोकेर कुराकानी गरेका थिए ।

कार्यक्रममा कोरोना भाइरस नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी पर्चा–पम्प्लेटसमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung