१५ कार्तिक २०८३, शनिबार

 

प्रधानमन्त्रीको ट्विटरबाट केही सेकेन्डमै हटाइएको त्यो सन्देश !

मंगलबार दिउँसो प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र पत्रकार मात्रिका पौडेलसँगै भएको एउटा फोटो प्रधानमन्त्रीको ट्विटरबाट ट्विट भयो । उक्त ट्विटमा उल्लिखित विवरण प्रधानमन्त्रीलाई समेत ‘कोरोना संक्रमण भएको’ अथ्र्याउन मिल्ने खालको थियो ।

प्रधानमन्त्रीको ट्विटर उनको सचिवालयले चलाउँछ । प्रधानमन्त्रीको ट्विटर ह्यान्डलबाट भएको उक्त ट्विट र प्रेस सल्लाहकार थापाबाट भएको ट्विटको भाषा र फोटो एउटै भएकाले उक्त ट्विट थापाले नै गरेको बुझ्न सकिन्छ । उक्त ट्विट केही सेकेन्डमै डिलिट गरिएको थियो ।
प्रेस सल्लाहकार थापाले यसलाई मानवीय त्रुटि भएको बताए ।

‘त्रुटि भएकै कारण केही सेकेन्डमै हटाइएको हो,’ उनले भने ।प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर अकाउन्टमा सचिवालयबाटै हेलचेक्य्राइँ भएको यो पहिलोपटक भने होइन ।

यसअघि भारतीय कांग्रेस आईकी नेत्री सोनिया गान्धीले भारतीय नागरिकता विधेयकको विरोध गरेको ट्विटसमेत प्रधानमन्त्रीको नाममा रहेको प्रधानमन्त्री कार्यालयको २एः)ल्भउब ि ह्यान्डलबाट रिट्विट भएको थियो ।

त्यति बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा स्वयम्ले ‘पासवर्ड दुरुपयोग भएको आशंका गरिएको र छानबिन भइरहेको’ बताएका थिए । कूटनीतिजस्तो संवेदनशील विषयमा समेत कच्चा काम गरेपछि सचिवालय आलोचित बनेको थियो ।

प्रधानमन्त्री कार्यालय ६ लाख ६३ हजार फलोअर भएको ट्विटर प्रयोगमा कच्चा ढंगले प्रस्तुत हुने गरेको छ । यसअघि प्रधानमन्त्री ओलीको ट्विटरबाट भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको फ्यान अकाउन्टलाई मेन्सन गरेर स्वास्थ्य लाभको कामना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung