४ जेष्ठ २०८१, शुक्रबार

 

सुनील थापा कांग्रेसका सहमहामन्त्री

राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका सुनील थापा पार्टीको सहमहामन्त्री बनेका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले थापालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा थापा समूहको व्यवस्थापनबारे प्रस्ताव पेस गरेका थिए । सोहीअनुसार थापासँगै कांग्रेस प्रवेश गरेका अन्य ६ नेतालाई केन्द्रीय सदस्य र तीन जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।

साउन १३ गते सानेपामा थापा समूह राप्रपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेको थियो । थापा राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्