१७ बैशाख २०८१, सोमबार

 

धनुषामा युवतीमाथि एसिड प्रहार, पति पक्राउ

जनकपुरधाममा शनिबार एक महिलामाथि एसिड प्रहार भएको छ । प्रहरी एसिड प्रहार गरेको आरोपमा प्रहरीले उनैका पतिलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२३ देवपुरा, रुपैठाकी २६ वर्षीया आरती साहमाथि एसिड प्रहार भएको हो । वडा नं जानकीनगरस्थित माइतीमा बसिरहेका बेला उनीमाथि एसिड प्रहार भएको स्थानीयले बताए ।

अहिले जानकी हेल्थकेयरमा आरतीको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार युवतीकै पति २७ वर्षीय सञ्जीव साहले एसिड हानेका हुन् ।

उनलाई वडा नम्बर ४ स्थित संकटमोचन स्कुलनजिक डेराबाट पक्राउ गरिएको मिश्रले बताए । तीन वर्षअघि विवाह भएकी उनी पतिसँग राम्रो सम्बन्ध नभएकै कारण उनी माइतीमा बस्दै आएकी थिइन् । पक्राउ परेका सञ्जीवलाई केहीबेरमा सार्वजनिक गरिने प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्