भयानक युद्धका केही सुन्दर कथाहरूमध्ये यो एक हो । सडकका तीन कुुकुरले मिलेर अफगानिस्तानमा २०१० मा ५० सैनिकको ज्यान बचाएका थिए । एउटा कुुकुर घाइते भएपछि अफगानिस्तानमै मर्यो ।
अन्य, दुुई कुुकुरलाई अमेरिका ल्याइयो । सासा, टार्गेट र रुफुस यी कुकुरहरूको नाम हो । यी कुकुरहरू सैनिक ब्यारेक आसपास बस्थे । अमेरिकी सैनिकहरूले उनीहरूलाई माया गर्ने तथा खाना दिने गरेका थिए । घर परिवारबाट टाढिनुको पीडा उनीहरू कुकुरसँग खेलेर भुलाउँथे ।
‘घरपरिवारबाट टाढिनुुपर्दाको पीडा भुलाउन यी तीन कुकुुरहरू हाम्रो माध्यम बनेका थिए,’ त्यति बेला अफगानिस्तानमा तैनाथ क्रिस डुकले भने । उनका अनुसार यी कुकुरहरूसँग खेल्न पाउँदा उनीहरूलाई खतरनाक क्षेत्रमा पनि जीवन सामान्य चलिरहेजस्तो अनुुभव हुन्थ्यो । यद्यपि, यी कुुकरहरू आफ्नो रक्षक बन्नेछन् भनेर उनीहरूले सोचका थिएनन् ।
एक दिन एक आत्मघाती बम हमलाकारी सैनिकहरू सुतेको समय पारेर मध्यरातमा डुकको ब्यारेकभित्र छिर्न खोज्दै थिए । यी हमलाकारीलाई देख्नासाथ तीनवटै कुकुर चर्को स्वरमा चिच्याउन थाले ।
एउटा कुुकुरले हमलाकारीलाई टोक्यो, त्यसपछि हमलाकारी हड्बडाए, अनि ब्यारेकबाहिरै बम पड्कियो । ब्यारेकभित्र ५० जना सैनिक थिए, हमलाकारी त्यहाँ पुुग्न सकेको भए उनीहरू मृत वा घाइते हुन सक्ने थिए । यस घटनामा सासा निकै घाइते भएकाले उसलाई बचाउन सकिएन, टार्गेट र रुफसलाई भने खासै चोट लागेको थिएन ।
उनीहरू चाँडै सामान्य अवस्थामा फर्किए । यी कुुकुरहरू अन्तर्राष्ट्रिय स्तरमै चर्चित बने । त्यसपछि रुफसलाई क्रिस डुकले आफूसँग राखे । यो कुुकुर उनीसँग धेरै ठाउँको भ्रमणमा गयो ।
टार्गेटलाई एरिजोना घर भएका अर्का सैनिकले लगे । २०१९ मा टार्गेटको मृत्यु भयो । २०१० मै अफगानिस्तानमा यस्तै घटना भएको थियो । जति बेला ब्रिन नामक एक कुकुर भोको अवस्थामा एक्लै सडकमा फेला परेको थियो । ब्रिटिस सैनिकहरूले यसलाई हेल्मन्ड नजिकको आफ्नो बेसमा लगे ।
ब्यारेकमा लगेपछि उनीहरूलाई यो कुुकुरसँग सुँघेर खतरा पत्ता लगाउन सक्ने क्षमता रहेको जानकारी भयो । त्यसपछि उनीहरूले गस्तीमा यसलाई पनि आफूसँगै लैजान थाले । एकपटक लस्कर गरनजिक ब्रिन चिच्याउन थाल्यो ।
उसले लुकाएर राखिएको बमका विषयमा सैनिकहरूलाई सतर्क गराउन चाहेको थियो, बम पड्किएको भए घटनास्थलमा दुई सैनिकको ज्यान जान सक्थ्यो । युद्धका क्रममा तालिवानले एकपटक ब्रिनलाई समात्यो ।
बेलायती सैनिकहरूले उसलाई उद्धार गरेरै छाडे । त्यसपछि उसलाई इङल्यान्ड पठाइयो र एक व्यक्तिलाई पाल्न दिइयो । ‘ब्रिन धेरै परिवर्तन भइसकेको छ । तर यो परिवर्तनले उसलाई इमानदार, मायालु र बहादुर हुन कहिल्यै रोकेको छैन,’ ती मालिकले भनेका छन् ।



















































































































































































































