५ जेष्ठ २०८१, शनिबार

 

मृत्युशोकमा परेका सेयर सदस्यलाई महिलाहित सहकारीको राहत

महिलाहित सहकारी संस्था लिमिटेडले पारिवारिक सदस्यको निधन भएका सेयर सदस्यलाई राहत उपलब्ध गराएको छ । बागलुङ नगरपालिका–३ बुद्धचोकका मदनगोपाल शाक्यको परिवारलाई राहत दिइएको हो । शाक्यको केही दिनअघि निधन भएको थियो ।

सहकारीका सल्लाहकार लक्ष्मी बाँस्कोटा र सचिव सावित्री केसीले सेयर सदस्य प्रेमवदन शाक्यलाई राहतस्वरूप ७ हजार ५ सय उपलब्ध गराएका हुन् । सहकारीले सेयर सदस्यहरूको आर्थिक–सामाजिक हितमा विभिन्न कार्याक्रम गर्दै आएको सहकारीकी अध्यक्ष लीलादेवी खड्काले नयाँ विश्वलाई बताइन् ।

२०५२ सालमा महिलाहित संरक्षण समूहबाट सुरु भएको संस्था २०५८ सालमा महिलाहित बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो ।

२५ महिलाको २५ सय रुपैयाँ सेयर पुँजीबाट सुरु भएको संस्थामा हाल ११ सय सेयर सदस्यको २ करोड ४५ लाख ७४ हजार रुपैयाँ पुँजी छ । यसै गरी संस्थामा ७ करोड २४ लाख ९० हजार ९ सय रुपैयाँ कर्जा लगानी र ७ करोड ९१ लाख ७ हजार ५ सय ७४ रुपैयाँ बचत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्