१४ कार्तिक २०८३, शुक्रबार

 

चिनियाँ रक्षामन्त्री वेई छिट्टै आउँदै

चिनियाँ रक्षामन्त्री वेई फङ ह छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमणबारे उच्च सरकारी तहमा कुराकानी भइरहेको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत हउ यान्छीबीचको भेटमा चिनियाँ रक्षामन्त्रीको भ्रमणबारे कुराकानी भएको थियो । अहिले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैंले सम्हालेका छन् ।

भ्रमण नोभेम्बर २९–३० मा गर्नेग री तयारी अगाडि बढाइए पनि प्रस्तावित मिति केही सर्न सक्ने भएकाले आधिकारिक घोषणा तत्काल नहुने स्रोतले जनाएको छ ।

नेपाल आएर उनी अन्य दक्षिण एसियाली मुलुकको भ्रमणमा जानेछन् । परराष्ट्र मन्त्रालयले भने यस विषयमा केही बताएको छैन । सन् २०१९ को अक्टोबर महिनामा उपप्रधानमन्त्री तथा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले चीनको औपचारिक भ्रमण गरेका थिए ।

उक्त भ्रमणको समयमा २.५ विलियनबराबरको सैन्य सहयोग नेपाली सेनालाई गर्ने सहमति भएको थियो । गत वर्षको जुन महिनामा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले चीनको औपचारिक भ्रमण गरेका थिए । स्रोतका अनुसार यो नियमित दुईपक्षीय भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung