५ जेष्ठ २०८१, शनिबार

 

धवलागिरि सहकारीको खुद नाफा १ करोड २ लाख

काठमाडाैं बसाेबास गर्ने बागलुङबासीले २०५५ सालमा स्थापना गरेको धवलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष युक्तप्रसाद शाक्यको आर्थिक प्रगतिप्रतिवेदन पारित हुँदै संस्थाको २१ औं साधारणसभा सम्पन्न भएको हो । कोभिड–१९ संक्रमण जोखिम बढिरहेका बेला सहकारीले सामाजिक दुरी र भर्चुअल माध्यमबाट साधारण सभा गरेको छ ।

संस्थाका अध्यक्ष शाक्यद्वारा प्रस्तुत आर्थिक प्रगतिप्रतिवेदन अनुसार सहकारीले आर्थिक वर्ष २०७७/७८ मा १ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  सात सय २८ जना सेयर सदस्य रहेको धवलागिरि सहकारीको कुल पुँजी २ करोड ६७ लाख ११ हजार १ सय रहेको छ ।

साधारण सभाको स्वागत उपाध्यक्ष आनन्द प्रकाश श्रेष्ठ र संचालन कार्याकारी प्रमुख रामकुमार श्रेष्ठले गरेका थिए । कार्याक्रममा धवलागिरि सहकारीका सल्लाहकारहरु दिपेन्द्र बहादुर क्षेत्री,पुष्पमान श्रेष्ठ र धवालागिरि सहकारीका अध्यक्ष युक्त शाक्यले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका प्रबन्धक केशवचन्द्र श्रेष्ठका अनुसार असारमसान्तसम्म सहकारीको निक्षेप संकलन २७ करोड ८५ लाख ६५ हजार ५ सय रहेको छ । संस्थाले २१ करोड ९५ लाख ५६ हजार ६ सय ४८ रुपैयाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्