२० भाद्र २०८३, शनिबार

 

७५ अंकले बढ्यो नेप्से, साताको पहिलो दिन साढे ९ अर्बको कारोबार

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७५ अंकले बढेको छ ।

आज ११ बजे १८९३.२५ को बिन्दुबाट शुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दा ७५.०२ अंकले बढेर १९६८.२७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । तीन बजेसम्म आइपुग्दाँ ३.९६ प्रतिशतले बढेको हो ।

यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ४ उपसमुह भने बढेका छन् । त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका दुई कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर ८० हजार २ सय ७१ पटक खरिद विक्री हुँदा ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung