७ जेष्ठ २०८१, सोमबार

 

‘पर्फेक्ट’ जोडी चाहानुहुन्छ ? यसो गर्नुहोस्

प्रेममा  कोही मानिस सफल भएका छन् । केही असफल ।  किन मानिसले साचो प्रेम पाउन सक्दैनन् त ? कहिल्यै तपाईले यसबारे जान्ने कोशिस गर्नु भएको छ । साचो प्रेम पाउन ज्योतिषीय योगको समेत ठूलै भुमिका रहने ज्योतिष शास्त्रीहरुको मान्यता छ ।

साचो प्रेम पाउने ज्योतिषीय योग
कुण्डलीमा शुक्रलाई प्रेमको कारक र ग्रह र कुण्डलीको पाँचौ भावलाई प्रेम भाव मानिन्छ । त्यसैले साचो प्रेमका लागि कुण्डलीको पञ्चम भाव र उसको स्वामीसँग सम्बन्धित उपाय गर्नुपर्दछ ।

कुण्डलीको सातौं भाव विवाहका लागि हुने गर्दछ । जसको कारण सातौं भावको स्वामी र सातौं भावमा बसेको ग्रहको शान्ति उपाय गर्नुपर्दछ ।

वास्तुका अनुसार साचो प्रेम कसरी पाउने

-घरको दक्षिण पश्चिम दिशामा शौचालय वा किचन हुँनुहुदैन ।
-साचो प्रेम प्राप्तिका लागि दक्षिण पश्चिम दिशामा रातो रंग लगाउनु हुँदैन ।
-दक्षिण–पश्चिम दिशामा जोडि पंक्षी पाल्ने वा राख्ने गर्नुपर्दछ ।
-प्रेम सम्बन्ध मजबुत बनाउन दक्षिण दिशामा नीलो रंग लगाउनु पर्दछ ।
-प्रेममा आत्मीयता राख्न घरमा पूर्व र पूर्वोत्तर दिशा सधै सफा हुनुपर्दछ ।
-घरमा पूर्व वा पूर्वोत्तर दिशामा बेडरुम हुनुहुँदैन ।
-सकेसम्म घरको दक्षिण दिशामा शयन कक्ष हुन आवश्यक छ ।
-परिवारमा कलह हुनुहुँदैन, तथा मातापिताको अनादर हुनुहुँदैन ।

यी हुन् ९ महाउपाय

-साचो प्रेम पाउन वा प्रेम विवाहका लागि ज्योतिष वा विज्ञको सल्लाहमा हिरा धारण गर्नुपर्दछ ।
-प्रेमलाई विवाहमा बदल्न शुभमुहुर्तमा गौरी शंकर रुद्राक्ष धारण गर्नुपर्दछ ।
सकेसम्म उज्यालो गुलाबी, पहेलो रंगको वस्त्र धारण गर्नुपर्दछ ।
-प्रेममा खटपट नहोस् भन्नका लागी कालो, नीलो वा हहिरो रंगहरुको धारण गर्नुहुदैन ।
-भगवान विष्णु र देवी लक्ष्मीको पूजा–आराधन गर्नुपर्दछ ।
– शुक्ल पक्षका बिहीबार पूजा शुरू गरी ॐ लक्ष्मी नारायणाय नमः मन्त्रको उच्चारण गर्नुपर्दछ ।
– प्रत्येक बिहीबार मन्दिरमा पहेलो प्रसाद चढाउनाले पनि साचो प्रेम प्राप्त गर्न सकिन्छ ।
-देवी दुर्गाको पूजा गरी दुर्गा प्रतिमामा रातो रंगको चुनरी चढाउनु पर्दछ ।
-भगवान कृष्णको मन्दिरमा बांसुरीका साथमा मीठा पान अर्पित गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्