४ जेष्ठ २०८१, शुक्रबार

 

अभिनेत्री ऋचा शर्माले गरिन् बिहे

अभिनेत्री ऋचा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छिन् । दुई वर्षयता दिपेक्ष विक्रम राणासँग प्रेममा रहेकी उनले शनिबार विवाह गरेकी हुन् ।

शनिबार दिउसो मात्रै उनले विवाह बन्धनमा बाँधिएको तस्वीर सार्वजनिक गरेकी हुन् । तस्वीर राख्दै सामाजिक सञ्जालमा उनले लेखेकी छिन् ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्। ऋचा शर्मा र दिपेक्ष बिक्रम राना ।’

सामाजिक सञ्जालमा पनि उनलाई सयौंले बधाइ र शुभकामना दिएका छन् । ऋचाले यसअघि आफ्ना प्रेमी सार्वजनिक गरेकी थिइनन् । दिपेक्ष ललितपुरस्थित लबिम मलका म्यानेजर हुन् ।

विवाह गर्नुभन्दा एक महिना अगाडि ऋचाले पोखरामा आफ्ना केही नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्