२० बैशाख २०८१, बिहीबार

 

डीआईजी पोख्रेल एआईजीमा सिफारिस

नेपाल प्रहरीका नायब महानिरीक्षक डीआईजी विश्वराज पोख्रेललाई अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

बढुवा समितिको सोमबार बसेको बैठकले उनलाई एआईजीमा सिफारिस गरेको हो । सरकारले मंसिर ३ गतेको मन्त्रिपरिषद्‌बाट एआईजीको एक दरबन्दी थप गर्ने निर्णय गरेको थियो ।

गृहसचिव, प्रधानमन्त्री कार्यालयका सचिव र प्रहरी महानिरीक्षक रहने सो समितिले सोही दरबन्दीका लागि पोख्रेलको मात्र नाम सिफारिस गरेको हो ।

यो सिफारिसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी एआईजी बन्नेछन्। यससँगै पोख्रेल २०७९ वैशाख २० देखि चैत २९ गतेसम्म प्रहरी महानिरीक्षक बन्ने निश्चित भएको छ।

एसएसपीबाटै आफ्ना ब्याचीलाई उछिन्दै अगाडि बढेका पोख्रेल एआईजीमा बढुवा भएसँगै उनी प्रहरी प्रमुख बन्न मार्गप्रशस्त भएको हो।

यसअघि डीआईजीमा बढुवा हुँदा पनि पोख्रेल एकमात्र बढुवामा परेका थिए । सरकारले उनलाई २०७६ वैशाखमा डीआईजीमा बढुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्