६ जेष्ठ २०८१, आईतवार

 

श्वेता खड्काले मंसिर २२ गते विवाह गर्दै

अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ । उनीहरु मंसिर २२ गते विवाह गर्न लागेका हुन् ।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनीहरुले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेका थिएनन् । तर‚ उनीहरुको विवाहको कार्ड नै बाहिरिए विवाह हुने सार्वजनिक भएको हो । विवाहको कार्ड अनुसार स्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ ।

अभिनेत्री खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। तर, विवाहको एक महिनापछि साउन २५ गते श्रीकृष्णको निधन भयो ।

प्रतिक्रिया दिनुहोस्