७ जेष्ठ २०८१, सोमबार

 

आमा बन्दै अनुष्का, व्यायाम गर्न सघाउँदै विराट कोहली

तीन वर्षअघि क्रिकेटर विराट कोहलीसँग बिहे गरेकी बलिउड अभिनेत्री अनुष्का शर्मा आमा बन्ने भएकी छन् । विराट र अनुष्का दुवैले आफूहरू आगामी जनवरीमा आमाबुबा बन्ने कुरा सार्वजनिक गरिसकेका छन् ।

अनुष्काले हालै गर्भवस्थामा गर्नुपर्ने व्यायाम गरिरहेको एउटा तस्बिर इन्स्टाग्राममा पोस्टसमेत गरेकी छन् । तस्बिरमा उनलाई पति विराटले व्यायाम गर्न सघाइरहेको देख्न सकिन्छ ।

इन्स्टा क्याप्सनमा अनुष्काले आफ्ना योगगुरुबाट व्यायाम गर्न सिकिरहेको र श्रीमानले अभ्यासमा सहयोग पुर्याएको उल्लेख गरेकी छिन् ।

डाक्टरले शरीरमा असर नगर्ने बताएपछि उनले आफूले अप्ठेरो योग व्यायाम गरेको उनले बताएकी छिन् । तस्बिरमा उनले शीर्षासन गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्