१६ बैशाख २०८१, आईतवार

 

सुनचाँदी व्यवसायी संघ बागलुङको अध्यक्षमा राजभण्डारी

नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङको साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । यो अवस्थामा व्यवसायलाई सुदृढ बनाउन संघले योजनासहित अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

कार्याक्रममा सुनचाँदी व्यवसायी पूर्वप्रदेशसभा सदस्य तथा सुनचाँदी व्यवसायी संघ बागलुङका पूर्वअध्यक्ष सुदेशचन्द्र राजभण्डारीले सुनको आपुर्ति कम भएकोले व्यवसायीलाई समस्या परेको र बागलुङमा सुनचाँदी व्यवसायलाई संस्थागत र मर्यादित बनाउन सुनचाँदी व्यवसायी संघ अझ जिम्मेवार भएर लाग्नु पर्ने विचार व्यक्त गरेका थिए ।

अधिवेशन उद्घाटन गर्दै संघका पूर्वअध्यक्ष मनकाजी विश्वकर्माले कोरोना कहरले सुनचाँदी व्यवसाय कठिन अवस्थामा रहेको बताए ।

अधिवेशनले युवराज राजभण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा कविराज सुनार, उपाध्यक्षमा आदार राजभण्डारी, सचिवमा परशुराम विश्वकर्मा, सहसचिवमा राजेन्द्र विश्वकर्मा, कोषाध्यक्ष अनिश खाती र सह–कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा छन् ।

त्यसै गरी समितिका सदस्यहरूमा मनबहादुर विश्वकर्मा, अशोक सुनार, भक्त विश्वकर्मा, सीता राजभण्डारी, विष्णुप्रसाद विश्वकर्मा र धना सुनार रहेको कोषाध्यक्ष अनिश खातीले जानकारी दिए ।

अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष राजभण्डारीले जिल्लाको सुनचाँदी व्यवसायलाई सरल र सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका राजभण्डारीले आफू विगतदेखि नै व्यवसायीकै हकहितमा काम गर्दै आएको बताए ।कार्यक्रम अध्यक्ष ओमबहादुर विश्वकर्माको अध्यक्षता र सहसचिव कविराज सुनारको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्