अभिनेत्री श्वेता खड्काले आज (सोमबार) दोस्रो विवाह गर्दै छिन् । उनले धनगढीका विजयन्द्रसिंह रावतसँग विवाह गर्ने भएकी हुन्।
सिन्दुर हाल्नुअघि उनले बिहानै नयाँ दुलाहासँगका तस्बिर सार्वजनिक गरेकी छन्।
नायिका खड्काले यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन् । तर रक्त क्यान्सरका कारण एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो । त्यसको ६ वर्षपछि नायिका श्वेता दोस्रोपटक विवाह बन्धनमा बाँधिन लागेकी हुन्।
हेर्नुहोस् तस्बिर
https://www.facebook.com/shwetakhadkaofficialnp/posts/3036320873134703













































































































































































































