६ जेष्ठ २०८१, आईतवार

 

रमेश प्रसाई र नन्दाले कसे लगनगाँठो

‘पव्लिक स्पिकर सिजन’–२ का विजेता एवम् गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् ।
उनको विवाह समारोह धरान नगरपालिका–१ स्थित उद्योग वाणिज्य संघको पार्टी प्यालेसमा भएको छ ।

विवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन् । नेपाली परम्पराअनुसार बिवाह गरेका रमेश र नन्दा बैवाहिक समारोहमा निकै खुसी देखिन्थे ।

राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश अहिले चर्चामा पछि छन् । उनको स्वर ‘रिंकेबुङको राँगो’ को बोलको गीत अहिले टिकटक, सामाजिक सञ्जालदेखि चारैतिर भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्