२३ बैशाख २०८१, आईतवार

 

गुहेली सञ्चार सहकारीको १४ औं साधारणसभा

गुहेली संचार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं बार्षिक साभारणसभा बुधबारदेखि सुरु भएको छ । कोभिड–१९ महामारीको कारण धेरै संख्यामा भिडभाड नगर्न सरकारले आव्हान गरेपछि सहकारीले यस वर्षदेखि एकाईगत साधारणसभा सुरु गरेको हो ।

सहकारीले एकाइगत साधारणसभा अन्तरगत पहिलो दिन बुधबार बागलुङ नगरपालिका–२ मा बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन पछि बोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारीहरु नीति र विधिले चल्नुपर्ने बताए ।

साधारणसभामा जिल्ला सहकारी संघ बागलुङका ऋण समिति सदस्य प्रेम बहादुर के.सी., भीमसेन क्याम्पसका प्रध्यापक डिल्लीराज उपाध्याय, प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद पौडेल (कुमार) र काठेखोला गाउँपालिकाका सहलेखापाल खिमानन्द कंडेलले शुभकामना मन्तव्य व्यक्त गरे ।साधारणसभामा संस्थाका कोषाध्यक्ष प्रसाद थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

सहकारीका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको स्वागत कोषध्याक्ष प्रसाद थापा र संचालन जननिगरानी साप्ताहिक पत्रिकाका सम्पादक नविन शिशिर विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्