७ जेष्ठ २०८१, सोमबार

 

गाउँपालिका अध्यक्ष र उपाध्यक्षकाे भाेलि विवाह, प्रमुख अतिथि मुख्यमन्त्री

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष र मुस्ताङको घरपजोङ गाउँपालिकाकी उपाध्यक्षबीच विवाह हुने भएको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ र उपाध्यक्ष शर्मिला गुरुङबीच भोलि विवाह हुन लागेको हो ।

‘भोली हाम्रो विवाह हुने लागेको छ,’ गाउँपालिकाका अध्यक्ष गुरुङले भने, ‘हाम्रो विवाह गुरुङ परम्परा अनुसार नै हुनेछ।’ अध्यक्ष गुरुङले वैवाहिक कार्यक्रम भने पोखराको एक गुम्बामा हुने बताए ।

‘हाम्रो मागी विवाह नै हो,’ उनले भने, ‘विवाह कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री ज्यूलाई बनाउने निर्णय भए अनुसार नै उहाँलाई निम्तो दिइसकेका छौँ।’

कोरोना भाइरसको संक्रमणको जोखिम रहेकोले विवाहमा धेरैलाई निमन्त्रणा नगरिएको बताए । विवाह बन्धनमा बाँधिन लागेका अध्यक्ष र उपाध्यक्ष दुबै तत्कालिन नेकपा एमालेबाट निर्वाचित हुन्।

प्रतिक्रिया दिनुहोस्