कोरोना संक्रमित गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटालाई काठमाडौं ल्याइने भएको छ ।
शरिरमा अक्सिजनको कमि भएपछि उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । मंसिर १९ गते कोरोना संक्रमण भएपछि सांसद सापकोटा आइशोलेसनमा बस्दै आएका थिए ।
स्वासप्रस्वासमा समस्या भएपछि एम्बुलेन्स माफर्त काठमाडौं ल्याउन लागिएको नेकपा बागलुङकी इन्चार्ज बलावति शर्माले जानकारी दिइन् ।
उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार गरिने भएको छ ।



















































































































































































































