३ श्रावण २०८३, आईतवार

 

काठमाडौंका यी ठाउँमा आज विद्युत नआउने

नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाण्डौका विभिन्न ठाउँमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालकाअनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो ।

यस सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पुरानो एयरपोर्ट, लुभूलगायतका ठाउँमा विद्युत् कटौती हुने भएको छ ।

प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ । प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तासँग क्षमा माग्दै निर्धारित कार्य समय अगाडि नै काम सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुनसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung