१६ कार्तिक २०८३, आईतवार

 

कलंकीमा डरलाग्दो दुर्घटना, ६ सवारीमा ट्रक ठोक्किदा दुईको मृत्यु

काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

मृत्यु हुनेहरुमा कङशंकर दमाई, रञ्‍जित कुमार चौधरी रहेका छन् । यस्तै घाइते हुनेहरुमा शम्भुनाथ, रामचन्द्र सिम्खडा, सुजन मानन्धर, विशाल श्रेष्ठ र सन्ध्य खत्री रहेका छन्।

प्रहरीका अनुसार थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालवाहक ट्रकले प्रदेश २–०३००१ ख १४२० नम्बरको ब्रेक फेल हुँदा दुर्घटना भएको हो।

ट्रकले ६ वटा सवारीसाधनलाई ठक्कर दिएको थियो । कालिका पेट्रोल पम्पनजिकै ब्रेक फेल हुँदा ट्रकले मोटरसाइकल र कारहरुलाई ठक्कर दिएको थियो ।

तस्बिर हेर्नुहाेस् :

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung