१६ कार्तिक २०८३, आईतवार

 

नयाँ विश्वका सम्पादक राजभण्डारीलाई ‘नन्दहरि सिर्जनशील’ पुरस्कार

नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित नयाँ विश्व डटकमका सम्पादन मुकेशचन्द्र राजभण्डारी नन्दहरि सिर्जशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ बागलुङका भवन उद्घाटनका क्रममा नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष एवम् नयाँ विश्वका सम्पादक राजभण्डारी पुरस्कृत भएका हुन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिनारायण गौतमले आफ्नो बुबा–आमाको स्मृतिमा २०७४ सालमा स्थापना गरेको नन्दहरि सिर्जनशील पत्रकारित पुरस्कार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सम्पादक राजभण्डारीलाई नगद १५ हजारसहित सम्मान पत्र प्रदान गरेका हुन् ।

यस्तै, व्यवसायी तथा समाजसेवी तीर्थप्रसाद श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले आफनो बुबा नारायण प्रसाद श्रेष्ठ र आमा हरिलक्ष्मी श्रेष्ठको स्मृतिमा विस २०७३ सालमा बागलुङ शाखामार्फत स्थापना गरेको ५ लाख रूपैयाँ राशिको ‘हरिलक्ष्मी नारायणप्रसाद स्मृति’ पत्रकारिता पुरस्कार दुई जना पत्रकारलाई प्रदान गरिएको छ ।

ढोरपाटन दैनिकका पत्रकार तारानाथ आर्चाय र स्तभ्मकारमा रेडियो परिवर्तन एफएमका सम्पादक रामनारायण सुवेदीलाई नगद १५ र सम्मान पत्र प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung