
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ मन्त्रिपरिषद् बैठक डोकेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।
सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार नेकपा अध्यक्ष समेत प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाएका थिए ।
सो अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गर्न लागेको बताइएको छ ।
बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन समेत दिएको थियो । स्थायी कमिटी बैठक अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता गर्ने सहमति जनाएका थिए ।