१६ कार्तिक २०८३, आईतवार

 

आन्दोलन गरिरहेका एक ऊखु किसानको भुक्तानी नपाएरै ज्यान गयो

ऊखुको भुक्तानी नपाएर काठमाडौंमा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण मृत्यु भएको छ । माइतीघरमा आन्दोलन गरिरहेका सर्लाहीका नारायण राय यादवको भुक्तानी नपाएरै ज्यान गएको छ ।

सोमबार उखु किसान र सरकारबीच सम्झौता भएको सुनेर आन्दोलनमा आएका एक किसानलाई हृदयघात भएर मृत्यु भएको छ । उनले यसपाली पूरै भुक्तानी नलिइ काठमाडौँबाट नफर्किने भन्दै आन्दोलनमा सक्रिय थिए ।

तर, भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता भयो भन्ने सुनेपछि उनलाई अचानक हृदयघात भयो । त्यसपछि गंगालाल हृदयरोग अस्पतालमा भर्ना भएका उनको त्यहीँ मृत्यु भएको हो ।

विगत ३ वर्षदेखि उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपैयाँ लिन बाँकी थियो । त्यही पैसाका कारण उनी निकै तनावमा थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung