२० बैशाख २०८१, बिहीबार

 

इनर हुइल क्लब अफ बालाजुद्वारा सोलार सहयोग

इनर हुइल क्लब अफ बालाजुले ओम वृद्धा आश्रममा सोलार सहयोग गरेको छ । क्लबले सानोठिमीमा रहेको ओम वृद्धा आश्रममा बस्ने वृद्ध–वृद्धका लागि नुहाउन सहज होस् भन्दै तातोपानी आउने सोलार सहयोग गरेको हो ।

क्लबकी अध्यक्ष सोनी श्रेष्ठका अनुसार आश्रम बस्ने वृद्ध–वृद्धाका लागि तातो पानी पिउन र नुहाउन सहज होस् भनि क्लबले सहयोग गरेको हो ।

विभिन्न आश्रममलाई सहयोग गर्दै आइरहेको इनर हुइल क्लब अफ बालाजुले ओम वृद्धा आश्रमलाई सोलार   सहयोग गरेको  इनर हुइल क्लब अफ बालाजुकी कोषाध्यक्ष कल्पना राजभण्डारीले बताइन् ।

यसअघि क्लबले मातार्तीथ आश्रम र सत्प्रयास आश्रममा बस्ने वृद्दा वृद्धका लागि आवश्यक पर्ने सामग्रीहरु सहयोग गरिसकेको छ ।कोभिड–१९ को प्रभावले गर्दा सहयोग गर्ने क्रम रोकिए पनि अहिले क्लब लगातार सहयोग गर्ने कार्यमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्