२३ बैशाख २०८१, आईतवार

 

बागलुङ सहकारीको अध्यक्षमा राजभण्डारी

बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा अशोकगोविन्द राजभण्डारी चयन भएका छन् । संस्थाको सातौं अधिवेशन तथा १९औं वार्षिकोत्सवमा उनलाई निर्विरोध अध्यक्ष घोषणा गरिएको हो ।

संस्थाको निर्वाचन आगामी पुस १९ गतेलाई तोकिएको थियो । मंगलबारसम्म मनोनयन दर्ताको समय तोकिएकोमा राजभण्डारीको मात्रै मनोनयन परेपछि उनी निर्विरोध भएका हुन् । उनीसहित १३ सदस्यीय कार्यसमिति नै निर्विरोध भएको सहकारीकी पसल विभाग सदस्य बिनु केसीले जानकारी दिइन् ।

सहकारीको उपाध्यक्षमा दुर्गादत्त शर्मा आचार्य, सचिवमा हरिप्रसाद गौतम, कोषाध्यक्षमा राजेन्द्रप्रसाद शाक्य र सहसचिवमा उषा पौडेल रहेका छन् ।

त्यस्तै सदस्यमा अर्जुन घिमिरे, रघुनाथ राजभण्डारी, निर्मला जीसी, दर्शनप्रसाद श्रेष्ठ, लक्ष्मी शाक्य, सरिता थापा, कृष्ण शर्मा र विश्वास राजभण्डारी पनि निर्विरोध भएका हुन् ।

समितिमा राजभण्डारी, सहसचिव पौडेल र सदस्य घिमिरे पाँचौंपटक दोहोरिएका हुन् । सहकारीको लेखा समिति पनि निर्विरोध भएको छ । लेखा समितिको संयोजकमा रामचन्द्र शर्मा, सदस्यमा राजनकुमार श्रेष्ठ र विष्णुकुमारी लम्साल छन् ।

प्रतिक्रिया दिनुहोस्