२३ बैशाख २०८१, आईतवार

 

महिला हित सहकारीको भवन शिलान्यास

महिला हित बचत तथा ऋृण सहकारी संस्था लिमिटेड बागलुङले भवन शिलान्यास गरेको छ ।  संस्थाकी अध्यक्ष लिलादेवि केसी खड्काले भवनको शिलान्यास गरेकी हुन् ।

भवन शिलान्यास गर्दै खड्काले महिला हित सहकारी आवाज बिहिन महिलाहरुको आवाज बनेर कार्य गर्दै आइरहेको बताउँदै महिलाहरुलाई अझै बढि उत्पादन क्षेत्रमा जोड्दै आत्मनिर्भर बनाउने कार्यमा सहकारी जुटिरहेको बताइन् ।

सो अवसरमा सल्लाहाकार खडक कुमारी खड्काले २०५२ साल देखिको सपना पूरा भएको बताइन् ।

कार्यक्रममा संस्थाकी अध्यक्ष लिलादेवि केसी खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी जिसी केसीको स्वागत र सचिव सावित्री केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्