प्रभु बैंकका कार्यकारी प्रमुख शेरचनले सूचना केन्द्रमा नागरिकहरुलाई पनि खुल्ला गरि अध्ययन गराएर सकरात्मक सोचको विकास गर्न सहजता पुर्याउने आफुहरुको लक्ष्य रहेको बताए ।
सहि सूचनाले सर्वसाधारण जनताको आर्थिक जिवनमा परिवर्तन ल्याउँने भएकोले पत्रकार आम जनताको भरपर्दो साथीको रुपमा अगाडि आउनु पर्ने शेरचनले बताए ।
हामीले कठिन हालतमा संघर्ष गरि रहेका गाउँ र शहरका नागरिकहरुको आर्थिक र सामाजिक र्हैसियत माथि ल्याउने खालको संचार सामग्रीको उत्पादन ध्यान दिनु पर्छ शेरचनले भने ।
उनले भविश्यमा पनि आफुहरुले सहयोग गर्ने र फिजिकल रुपमा अध्ययन गर्नको लागि राष्ट्रिय, अन्तराष्ट्रिय पुस्तकहरु उपलब्ध गराउने बताए ।
शेरचनले बागलुङ जिल्लाको बुर्तिबाङ, गलकोट र कुश्मिसेरामा समेत सूचना केन्द्र स्थापनाको लागि आफुहरुले सहयोग गर्न तयार रहेकोले त्यसको लागि पत्रकार महासंघले सहजिकरण गरिदिनको लागि अनुरोध गरेेेेका छन् ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखामा आधुनिक सूचना केन्द्रको स्थापना गरिएको छ । प्रभु बैंक लिमिटेडको आर्थिक सहयोगमा महासंघको भवनमा स्थापना गरिएको आधुनिक सूचना केन्द्रको आईतबार प्रभु बैंक लिमिटेडका कार्यकारी प्रमुख अशोक शेरचनले उद्घाटन गरेका हुन् ।
प्रभु बैंकको पाँच लाख भन्दा बढीको लागतमा आधुनिक सूचना केन्द्रको स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका काेषाध्यक्ष विजय रानाले सूचना केन्द्रमा १० ओटा कम्प्युटर जडान गरिएको जानकारी दिए। बागलुङमा बसेर केन्द्रिय मिडियाहरु काम गर्ने पत्रकारहरुलाई समाचार लेख्न सहजता प्रदान गर्न र नागरिकहरुलाई पनि नयाँ नयाँ सूचनाहरुको खोजी गर्न सहजता प्रदान गर्न आधुनिक सूचना केन्द्रको स्थापना गरिएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताए ।
उनले अहिले पत्रकारहरुका लागि मात्र खुल्ला गरिएपनि चाडै नै नागरिकहरुका लागि पनि सूचना केन्द्रमा आउन खुल्ला गरिने बताए । अध्यक्ष शिरिषले सूचना केन्द्रबाट नयाँ जानकारी लिन र इन्टरनेटको काम गर्नको लागि सवैलाई सहजता हुने बताए । शिरिषले सूचना केन्द्रमा इलाइब्रेरिकाे तयारी पनि गरिएको बताए ।
‘अहिले इन्टरनेट जडान गरि समाचार लेख्नको लागि र इन्टरनेटको काम गर्नको लागि कम्प्युटर जडान गरिएको छ,’ अध्यक्ष शिरिषले भने–‘हामीले यसलाई इलाइब्रेरिको रुपमा विकास गर्ने योजना अनुसार चाडै नै किताबहरु पनि पढ्नको लागि उपलब्ध गराइने छ ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेेेेका थिए ।
पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोषाध्यक्ष विजय रानाले स्वागत मन्तव्य र सचिव राम थापा अविरलले संचालन गरेेेेका थिए ।



















































































































































































































