१६ कार्तिक २०८३, आईतवार

 

धौलागिरी समाजद्धारा महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित, गौतमको अध्यक्षमा नयाँ कार्यसमिति

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सामाजिक रुपमा खुलेका कतिपय संघ सस्थाले सस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । धौलागिरि समाज नेपाल काठमाडाैंको वार्षिक साधारण सभा स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बाेल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले समाजले पर्यटन, धर्म संस्कृति संरक्षण लगायत समग्र बिकासका लागि एकताबद्ध भई सरकारले गर्नुपर्ने काम गरेको बताए ।  कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई धौलागिरि गण्डकी राष्ट्रिय सम्मान प्रदान गरिएको थियो ।

सम्मानपछि बोल्दै ढकालले आगामी दिनमा समाजको प्रगति भनेकै धौलागिरि क्षेत्रको समग्र आर्थिक तथा सामाजिक भएकोले धौलागिरी गण्डकी राष्ट्रिय सम्मानले  थप जिम्मेवार बनाएको बताए  ।

सो अवसरमा नेपाल सरकारका पूर्वसचिव मोहनकृष्ण सापकोटा,  डाक्टर रामचन्द्र अधिकारी, पूर्व शिक्षा सचिव महाश्रम शर्मा, प्राध्यापक डाक्टर ढुण्डिराज पौडेल इन्जिनियर मोतीबहादुर कुँवर,  बिष्णुनाथ शर्मा, डाक्टर ज्ञानेन्द्रप्रसाद पौडेल, नेपाल रास्ट्र बैंकका निर्देशक डिल्लीराम सुवेदी, जिल्ला न्यायाधीश भोलानाथ ढकाल, समाजका सल्लाहकार तिलकबहादुर कुँवरलगायतले बाेलेका थिए ।

सो अवसरमा धौलागिरि क्षेत्रमा जन्मेर सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै इन्जिनियर मोतिबहादुर कुँवर, डा.रामबहादुर केसी, योगेश्वर ढकाल, राजेन्द्रप्रसाद तिवारी,  मोहनकष्ण सापकोटा, अशोक शेरचन, रामचन्द्र तिवारी, सुन्दर भुसाललाई सम्मान गरिएको थियो । त्यस्तै समाजले प्रकाशन गरेको स्मारिका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश श्रेष्ठले विमोचन गरेका थिए ।

समाजका अध्यक्ष मुकुन्द शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममामा स्वागत उपाध्यक्ष भक्तराज भुसाल र संचालन समाजका महासचिव गोविन्दप्रसाद शर्माले गरेका थिए ।  साधारण सभाले केदारनाथ गौतमको अध्यक्षतामा १६ सदस्यीय धौलागिरि समाज नेपाल गठन गरेको छ ।

समितिको उपाध्यक्षमा भक्तराज भुसाल, रमेश सुवेदी , शक्तिलाल ज्वारचन, सरस्वति शर्मा सापकोटा, महासचिव रामचन्द्र पौडेल, सचिवमा खिमानन्द कँडेल , कोषाध्यक्षमा एकनारायण उपाध्याय र  सह–कोषाध्यक्ष रामचन्द्र तिवारी चयन भएका छन् ।

सोही भेलाले गोविन्दप्रसाद शर्माको अध्यक्षतामा गण्डकी सभ्यता बचाऔं महाअभियान अगाडि बढाउनको लागि विभिन्न २६ संघ संस्था सहकार्य गर्ने प्रस्तावसमेत पारित गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung