७ जेष्ठ २०८१, सोमबार

 

जनवरी २४ मा बिहे गर्दै वरुण धवन

बलिउड नायक वरुण धवनले जनवरी २४ मा आफ्नी प्रेमिका नतासा दलालसँग बिहे गर्न लागेको भारतीय मिडियाले जनाएका छन् । भारतीय अनलाइन बलिउड हंगामाका अनुसार वरुण र नतासाले जनवरी २४ मा अलिबाग रिसोर्टमा बिहे गर्न लागेका हुन् । बिहेका लागि कार्डसमेत वितरण भैसकेको भारतीय मिडियाको दाबी छ ।

आफ्ना आफन्त र साथीभाइको उपस्थितिमा वरुण र नतासाले बिहे गर्न लागेका हुन् । यसका लागि अलिबागका सम्पूर्ण रिसोर्ट बुक गरिएको छ । वरुण र नतासाको बिहे समारोह जनवरी २२, २३ र २४ तारिखमा हुनेछ । कोरोना भाइरसका कारण यसको सुरक्षा मापदण्डलाई पछ्याउँदै वरुण र उनको परिवारले करिब ५० जना नजिकका मानिसहरूलाई मात्र बिहेमा निमन्त्रणा गरेका छन् ।

बिहेको करिब एक महिनापछि मुम्बईमा बिहे भोजको आयोजना गरिनेछ । बरुण र उनका पिता डेभिड धवन पञ्जाबी शैलीको बिहे रुचाउँछन् । तर, कोरोनाका कारण उनीहरूको यो योजना भने सम्भव हुन सकेन । वरुण र नतासाले बिहेको औपचारिक घोषणा भने गरेका छैनन् । तर, उनीहरूको बिहेको तयारी भने धुमधामसँग चलिरहेको भारतीय मिडियाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्