७ जेष्ठ २०८१, सोमबार

 

मुख्यमन्त्री राई र सुन्दरी ज्याङ्मुबीच कसरी जोडियो सम्बन्ध ?

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र मिस मंगोल ज्याङ्मु शर्पाबीच हुन लागेको विवाहको खबर बाहिरिएपछि निर्कै चर्चाको विषय बनेको छ ।

२१ वर्षमा पाइला टेकेकी शेर्पा र ४९ वर्ष पुगेको मुख्यमन्त्रीबीचको प्रेम सम्बन्ध कसरी जोडियो भन्ने यति बेला सर्वत्र चासो विषय बनेको छ ।

प्रदेश राजधानी र नाम जुराएपछि मात्र विवाह गर्ने बचन गरेको मुख्यमन्त्री राईले ११ माघमा ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्दैछन् ।

कसरी बस्यो प्रेम सम्बन्ध ?

एक्शन इन्टरटेनमेन्ट नामक संस्थाले मिस मंगोल प्रतियोगिता आयोजना गर्ने गर्छ । यो संस्थाका संस्थापक हाल सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोकप्यासी राई हुन ।

अन्नपूर्ण पोष्ट दैनिकमा मनोरन्जन विधामा करिब डेढ दशक कलम चलाएका अशोकले इभेन्ट डाइरेक्टर भएर प्रतियोगिताको सुरुवात गर्नु शेरधनका लागि फलिफाप बन्यो । अनि शेरधनलाई मिस मंगोल नेपाल–२०१८ को अथितिका रुपमा निम्त्याउनु ज्याङ्मुसँग सम्बन्ध स्थापित गर्ने प्रथम खुडकिलो बन्न पुगेको बताइन्छ ।

नेता योगेश भट्टराईसँग निकट मानिने ताप्लेजुङका अशोकप्यासी र शेरधनको सम्बन्ध पनि निकै सुमधुर छ । कार्यक्रमकै सिलसिलामा शेरधन–ज्याङ्मुबीच भेट भएपछि क्रमशः सम्बन्ध विस्तार भएको शुभेच्छुकहरु बताउने गर्छन ।

पुर्खौली घर संखुवासभाकी ज्याङ्मु ‘मिस मंगोल नेपाल’को ताज जितेसँगै चर्चामा आएकी हुन् । शेरधन–ज्याङ्मु पहिलोपटक देखाभेट पनि मिस मंगोलकै कार्यक्रममा भएको र चिनजान भएको हो ।

जाङ्मुका साथीहरु भन्छन्, ‘प्रतियोगिताकै बेला शेरधनले जाङ्मुको बारेमा चासो लिएका थिए । तर, पछि दोस्रो भेटमा मात्र नजिकबाट बोल्ने अवसर पाएका थिए । त्यसपछि सम्बन्ध झाँगिदै गएको र प्रेममा परिणत भएको हो ।’

बाल्यकालदेखि नै प्रतिभाशाली जाङ्मु कार्यक्रम होस्ट पनि निकै राम्रो गर्छिन । उनी १३ वर्षकै उमेरमा ‘मिस किड क्विन नेपाल’मा भाग लिएकी थिइन। ‘मिस ई कलेज’, ‘मिस एसएलसी’लगायत विभिन्न ब्युटी प्याजेन्टमा पनि उनले सहभागिता जनाएकी थिइन ।

केही म्यूजिक भिडियोमा पनि अभिनय गरेकी ज्याङ्मु काठमाडौंमै बस्छिन । शेरधन काठमाडौं आउँदा दुईको भेट बाक्लै हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्