लायन्स क्लब अफ बागलुङले जिल्लाको जैमिनी नगरपालिका २ दमेकमा रहेको ज्ञानज्योती प्राथमिक बिद्यालयलाई दुई लाखभन्दा बढीको शैक्षिक सामाग्री सहयोग गरेको छ ।
विद्यालयको शैक्षिक सुधारमा सहयोग पु¥याउने उदेश्यले कम्प्युटर, प्रीन्टर ,जडान शुल्क सहित एक वर्ष को लागि इन्टरनेट सेवा, विद्यालय पोषाक सहित २ लाख २० हजार बरावरका विभिन्न शैक्षिक सामाग्री सहयोग गरेको हो ।
सामुदायीक बिद्यालयका गरिब तथा जेहेनदार विद्यार्थी शिक्षा बाट बन्जीत हुन नपरोस भन्ने हेतुले सहयोग गरेको क्लवलका अध्यक्ष केशव सापकोटाले बताउनु भयो ।
सहयोग हस्तान्त्रण कार्यक्रममा वोल्दै जैमिनी नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले सामाजिक सेवा भावले आफ्नो वडाको विद्यालयलाई सहयोग गरी राज्यले गर्ने कार्यमा सहयोग पु¥याएको भन्दै धन्यवाद ज्ञापन गर्नु भयो ।
उहकाले शैक्षिक क्षेत्रमा सहयोग गरी सामाजिक सद्भाव कायम गरेको बताउनु भयो । कार्यक्रममा लायन्स क्लब अफ बागलुङका सस्थापक अध्यक्ष एमजेएफ दुर्गा वहादुर कुवर , वडा सदस्य कृष्ण प्रसाद रिजाल, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त सापकोटा लगाएतले क्लवले गरेको सहयोगको प्रसंसा गरेका थिए ।
लायन्स क्लब अफ बागलुङका अध्यक्ष केशव सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विद्यालयको प्रअ टिकाराम सापकोटा र संचालन क्लवका द्धितिय उपाध्यक्ष प्रेम केसीले गर्नु भएको थियो ।



















































































































































































































