७ जेष्ठ २०८१, सोमबार

 

मुख्यमन्त्री राईले गरे विवाहका तस्बिर सार्वजनिक

प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले आफ्नो विवाहको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । तस्बिर सार्वजनिक गर्दै उनले ‘नयाँ जीवनको शुरुवातको क्रममा प्रत्यक्ष र विभिन्न माध्यमबाट बधाइ शुभकामना र आर्शीबाद दिनेहरु सबैलाई हामी द्वय जोडीको तर्फबाट धन्यावाद व्यक्त गर्दछौंँ ।’

४९ वर्षिय राईले २३ वर्षीया मोडल तथा २०१८ की ‘मिस मंगोल नेपाल’जाङमु शेर्पासँग केही दिनअघि काठमाडौंमा लगनगाँठो कसेका थिए ।

उनले विवाह सम्पन्न भएको अवसरमा माघ १६ गते शुक्रबार भोजका लागि निमन्त्रणा समेत गरेका छन् ।

‘हाम्रो शुभ विवाह सम्पन्न भएको अवसरमा यही २०७७ माघ १६ गते, शुक्रबार बिराटनगरमा हाम्रो तर्फबाट आयोजना गरिएको बधाइ तथा शुभकामना र आर्शीवाद प्रदान तथा ग्रहण कार्यक्रममा यहाँहरु सबैमा हार्दिक निमण्त्रणा गर्दछौं ।’ उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले सार्वजनिक गरेका तस्बिर

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्