
विश्वमा एकै वर्षमा विकास भएको भ्याक्सिन कोभिसिल्ड हो । यो खोप एउटा माध्यम मात्र हो । कुनै पनि भ्याक्सिन पूर्ण रूपमा विकास हुन ५ देखि ७ वर्ष लाग्छ । त्यसका लागि विभिन्न उमेर–समूहमा टेस्ट गरिन्छ । यो खोप सीमित व्यक्तिहरूमा टेस्ट गरिएको हो ।
कोभिसिल्ड एडोना भाइरसबाट बनाइएको हो । यसमा कोरोना भाइरसको स्पाइड प्रोटिनको मात्रा राखिएको हुन्छ । यसले कोरोना भाइरस हाम्रो शरीरमा प्रवेश गर्दै गरेको जानकारी पाउँछ र एन्टिबडी तयार गरेर प्रवेशमा रोक लगाउँछ ।
अर्थात्, कोरोनाका परजीवीहरूलाई शरीरमा पस्न नदिने र कुनै कारणले प्रवेश गरे पनि लक्षणहरूलाई मत्थर बनाउने काम गर्छ । कोभिसिल्ड भनेको औषधि होइन, शरीरमा छिरेका भाइरसहरूलाई मार्ने पनि होइन ।
गर्भवती, स्तनपान गराउने महिला र १८ वर्षभन्दा मुनिको उमेरसमूहमा यो खोप टेस्ट भएको छैन । सम्पूर्ण अध्ययन भएपछि मात्र उनीहरूलाई लगाउन सकिन्छ । कोभिसिल्ड भ्याक्सिन इमर्जेन्सी प्रयोगका लागि मात्र ल्याइएको हो । रेगुलर प्रोग्रामका लागि होइन । खाेप लगाएपनि यी कुरामा ध्यान दिनुपर्छ ।
ध्यानदिनुपर्ने कुरा
१.भ्याक्सिन अनिवार्य रूपमा लगाउनुपर्छ ।
२.कोभिड–१९ सँग मिल्ने लक्षण भएकाहरूलाई क्वारेन्टाइनमा राखेर जटिल भए थप उपचार गर्नुपर्छ ।
३. सामाजिक दुरीको कुरा गर्दा पहिले एक मिटर अनि बीचमा दुई मिटर भनेका थियौं । अहिले दुई मिटरभन्दा टाढा बस्नुपर्छ ।
४. मास्कको सही प्रयोग गर्नुपर्छ ।
५. साबुनपानीले मिचीमिची हात धुनुपर्ने हुन्छ ।
६. स्यानिटाइजरको सही प्रयोग गर्नुपर्छ ।
सागरकुमार राजभण्डारी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक