७ जेष्ठ २०८१, सोमबार

 

गायिका अञ्जु पन्त दोस्रो विवाह गर्दै, हुनेवाला श्रीमान् यसाे भन्छन्

गायिका अञ्ज पन्तले दोस्रो विवाह गर्ने भएकी छन् । इलामका थीर कोइरालासँग पन्त विवाह बन्धनमा बाधिन लागेकी हुन् । थीरले विवाह गर्न लागेको कुरा साचो भएको बताए । ‘विवाह गर्ने कुरा साँचो हो तर, कहिले गर्ने भन्‍ने चाहिँ तय भइसकेको छैन ।’ कोइरालले भने ।

बजारमा दुवैले भ्यालेन्टाइनको समयमा विवाह गर्न लागेको हल्ला पनि चलेका छन् । तर, थीरले भ्यालेन्टाइनमा पोखरामा अञ्‍जु पन्तको कार्यक्रम रहेकाले त्यो मितिमा विवाह हुने सम्भावना नरहेको बताए ।

थीर र अञ्जु पन्तको पहिलो भेट आजभन्दा ६ वर्षअघि भएको थियो ।

‘यो २०१३ को कुरा हो । त्यसबेला एकदमै औपचारिक कुराकानी मात्र भएको थियो । सन् २०१७ मा उहाँले अञ्जु पन्त फाउन्डेसन खोल्ने सिलसिलामा बल्ल गतिलो चिनजान भएको हो,’ थीरले भने । थीरका अनुसार विगत एक वर्षदेखि भने मित्रता गहिरो भएर यहाँसम्म आइपुगेको हो ।

थिर २० वर्षदेखि काठमाडौंमा बस्दै आएका छन् । थिर गीतकार हुन् । सुरुमा मनोजराजसँग विवाह गरेकी अञ्जु केही वर्ष यता सम्बन्ध विच्छेदपछि एक्लै बस्दै आएकी छन् । उनकी छोरी परितोशिका पनि मोडलिङमा प्रवेश गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्