बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका पूर्व अध्यक्ष एवम् नागरिक सञ्चार प्रालिका अध्यक्ष पुष्पमान श्रेष्ठले पुरूष सरह महिला सहभागिताले मात्रै देश र समाजको प्रगति हुने बताए ।
बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहको साधारण सभामा बोल्दै श्रेष्ठले पुरूष सरह महिलाकाे सहभागिता भए मात्रै देश र समाजको प्रगति हुने बताएका हुन् ।
संविधानले महिला सहभागीताको सुनिश्चितता गरेको बताउँदै समाजमा महिलाहरुको योग्दानले देशलाई संमृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
‘अहिले सामाजिक काममा महिलाहरुको सहभागिता उल्लेख्नीय छ’, ‘यसले गर्दा उनीहरुको व्यक्तित्व विकाससँगै समाजिक उत्तरदायित्व पनि बढेको छ ’ श्रेष्ठले भने ।
बागलुङ समाज कल्याण केन्द्र विश्वका ३० देशमा सञ्जाल फैलिएको बताउँदै विपद् तथा मानवीय काममा संस्थालाई थप गम्भीर भएर काम गर्न उनले आग्रह गरे ।
बागलुङ समाज कल्याण केन्द्र स्थापनापछि आफ्नै पहलमा महिला समूह स्थापना गरेको बताउँदै थप सहयोग गर्न आफू तयार रहेको बताए ।

कार्यक्रमा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष विराटकुमार श्रेष्ठले महिला समूहले स्वास्थ्य तथा समाजिक एवम् मानवीय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
यस्तै, धौलागिरि बचत तथा ऋण सहकारीका अध्यक्ष युक्तप्रसाद शाक्यले छोटो समयमा समूहले धेरै काम गरेको बताउँदै मानवीय र सामाजिक सेवालाई थप फराकिलो बनाउँदै महिलाको व्यक्तित्व विकासका लागि समूहले काम गर्नुपर्ने बताए ।

कार्यक्रममा संस्थापनक अध्यक्ष चमेली शाक्य, समूहकी पूर्व अध्यक्ष एवम् सल्लाहकार रसुमिला श्रेष्ठ, बागलुङ समाज कल्याण केन्द्र बागलुङकी अध्यक्ष कुमारी श्रेष्ठलगायतले बोलेका थिए ।

आज सम्पन्न अधिवेशनले विजया लक्ष्मी राजभण्डारीको सहित ११ जनालाई कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्ष सोनी श्रेष्ठ, सचिव मन्दिरा श्रेष्ठ, कोषाध्यक्ष केमीकल शाक्य सदस्यहरुमा सरिता प्रधान, मन्जु श्रेष्ठ राजभण्डारी, शैव्या प्रधान, कल्पना राजभण्डारी, निर्मला वडगामी, सृजना हाडा, अमिता श्रेष्ठ चयन भएका छन् ।
बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको भातृ संस्थाको रुपमा २०६४ सालमा स्थापना भएको समूहले महिला उथान र शैक्षिक, सामाजिक एवम् जनस्वास्थ्य र मानवीय सेवामा काम गर्दै आइरहेको छ ।
बागलुङबाट काठमाडौंमा बस्दै आएका महिलाहरुले स्थापना गरेको समूहको सस्थापन चमेली शाक्य हुन् ।
कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र बागलुङको कोषमा रसुमिला श्रेष्ठले २५ हजार, सुनु श्रेष्ठले ५ हजार र विश्व श्रेष्ठले १० हजार जम्मा गरेकी छन् । संस्थाकी अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष विजयालक्ष्मी राजभण्डारीको स्वागत र सचिव सोनी श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

संस्थाले सार्वजनिक गरेको २०७५–०७६ र ७७ को आय व्ययअनुसार ३ लाख ९५ हजार ४ सय ६४ रुपैयाँ आम्दानी भएको छ भने खर्च ३ लाख ८७ हजार ९५ रुपैयाँ खर्च भएको छ ।
हाल संस्थाको नाममा ५७ लाख ९५ हजार रुपैयाँ बचत रहेको सो समूहले जानकारी दिएको छ ।






















































































































































































































