१ जेष्ठ २०८२, बिहीबार

 

आरोप लगाउँदै गृहमन्त्री थापाले स्वकीय सचिवबाट विरु तामाङलाई हटाए

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीयसचिव विरु तामाङलाई पदबाट हटाएका छन् । आफूसँग रहेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्षमान पुनका लागि काम गरेको आरोप लगाउँदै उनले तामाङलाई हटाएका हुन् ।

उनी पूर्वमाओवादी लडाकूसमेत हुन् । गृहमन्त्री थापाको सचिवालयमा अधिकृतस्तरको नियुक्तिमा उनी सुरुवाती समयदेखि नै कार्यरत थिए ।

‘हाम्रो समूहमा रहेर उनले युवामा भाँडभैलो गरे । प्रचण्ड र वर्षमानका लागि काम गर्न लागेको सूचना पाएपछि हटाइएको हो ।’ स्रोतले भन्यो । यसअघि गृहमन्त्रका प्रमुख सल्लाहकार सुर्य सुवेदीले पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung