२६ बैशाख २०८१, बुधबार

 

नायिका प्रियंका र आयुष्मानले यसरी मनाए ‘म्यारिज एनिभर्सरी’ र जन्मदिन

चर्चित नायिका प्रियंका कार्की र उनका श्रीमान् आयुष्मान देशराज जोशी माल्दिभ्समा छन् । उनीहरू प्रियंकाको जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन माल्दिभ्स पुगेका हुन् ।

माल्दिभ्समा उनीहरूले जन्मदिन र म्यारिज एनिभर्सरी मनाएका छन् । सेलिब्रेसन गरेका तस्बिरसमेत सार्वजनिक गरेका छन् । जसमा प्रियंका विकिनीमा देखिएकी छन् भने आयुष्मान पनि अण्डरवेयरमा देखिएका छन् । दुवै जनाले समुन्द्र किनारमा सेलिब्रेसन गरेका तस्बिर सार्वजनिक गरेका हुन् ।

प्रियंका र आयुष्मानले बिहे गरेको एक वर्ष पूरा भएको छ । उनीहरू गत वर्षको फागुन १६ गते वैवाहिक जीवनमा बाँधिएका थिए । गत वर्ष उनीहरूले विवाह गरेपछि कोरोना महामारीका कारण हनिमुन यात्रा पनि गर्न पाएका थिएनन् । लकडाउनका कारण उनीहरू घरमै बस्‍न बाध्य भएका थिए । त्यसैले अहिले अवस्था सहज भएसँगै उनीहरू बर्थडे र एनिभर्सरी सेलिब्रेसन गर्न त्यहाँ पुगेका हुन् ।

जन्न्मदिन र एनिभर्सरीमा ठूलो खुसी दिएको भन्दै प्रियंकाले आयुष्मानलाई धन्यवाद दिएकी छन्। चलचित्र क्षेत्रमा चर्चामा रहेकी प्रियंकाको पछिल्लो समय क्रेज भने घट्दै गएको छ । केही वर्ष अगाडिसम्म नम्बर एक स्थान ओगटेकी प्रियंका यतिबेला भने चलचित्रविहीन बनेकी छन्।

अन्य नायिकाहरूको हातमा थुप्रै चलचित्र आउँदा प्रियंकालाई भने एउटा पनि परेको छैन । त्यसको कारण गत वर्षमात्र वैवाहिक बन्धनमा बाँधिएर हो वा चलचित्र नै हातमा नपरेको हो त्यसबारे कुनै जानकारी प्रियंकाले दिएकी छैनन्।

प्रतिक्रिया दिनुहोस्