१४ कार्तिक २०८३, शुक्रबार

 

बोराभित्र २१ वर्षीया महिलाको शव

गुल्मीमा एक महिलाको शव बोरामा फेला परेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाउँकी २१ वर्षीया सम्झना बोहराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार घरनजिकै सय मिटर अगाडि झाडीमा टाउको बोरामा राखेको र स्याउलाले ढाकेको अवस्थामा शव फेला परेको छ ।

स्थनीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शवको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

सम्झनाको माइती पक्ष घटनास्थलमा अझै नपुगेकोले शवको पहिचान भने हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । अघिल्लो दिन उनले ३ जना केटा बुहारीको कोठामा बसेको र त्यसलगत्तै बुहारी भागेको बयान प्रहरीमा दिएकी थिइन् ।

सम्झनाका श्रीमान ‘हरि डाइभर’ भनेर चिनिने नेत्रबहादुर बस्नेत त्यो दिन घरमा थिएनन् । ३ वर्षअघि प्रेम विवाह गरेका उनीहरुको सम्बन्ध पछिल्लो समयमा राम्रो थिएन । सम्झनाले श्रीमानले प्रायः कुटपिट गरिरहने बताउने गरेकी थिइन् ।

२९ गते साँझ ५ बजेतिर उनी सासुले घर छाडेर जा भनेको भन्दै बहिनीसँग फोनमा रोएकी थिइन् । उनका १६ महिनाका छोरा छन् । सम्झना बेपत्ता भएको निकै दिन हुँदा पनि नभेटिएपछि स्थानीयवासीले प्रहरीलाई दबाब दिन आन्दोलन चर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung