१५ कार्तिक २०८३, शनिबार

 

घुस लिएको ८ लाख रकम बाटोमा फालेर गाउँपालिका अध्यक्ष फरार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतले बाटोमा फालेको लाखौं रकम बरामद गरेको छ ।

आयोगको केन्द्रीय कार्यालयबाट खटिएकको टोलीले सोमबार अध्यक्ष राउतले बाटोमा फालेको ८ लाख रुपैयाँ रकम बरामद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

आयोगको टोलीले प्र–२–०२–००१ झ ०००२ नम्बरको सरकारी नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ भने अध्यक्ष राउत फरार छन् । गाउँपालिका अन्तर्गतको विकास निर्माणका योजनाहरूको कामको भुक्तानी दिन उनले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएको अख्तियारको दाबी छ।

अध्यक्ष राउतमाथि १० लाख रुपैयाँ कमिसन मागेको सूचना पाएपछि अख्तियारको टोलीले उनलाई सोमबार दिउँसो साढे ४ बजेदेखि घेरामा हालेर छानविन सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung