१५ कार्तिक २०८३, शनिबार

 

क्याम्पस जाँदै गरेकी युवतीलाई जिपले हान्यो, विद्यार्थी आन्दोलित

ललितपुरको नख्खु दोबाटोमा जिपको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बुधबार जिपको ठक्करबाट क्याम्पस जान हिडेकी सन्धुपाल्चोक घर भइ बागडोल बस्ने १९ वर्षीया अन्जु दाहालको मृत्यु भएको हो ।

बिहान ५ बजे बाटो काट्दै गरेकी उनलाई सि १ ज ५६७ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो ।

उनलाई उपचारको लागि ग्वार्कोस्थित बिएन्डबी अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

उनी कोटेश्वर क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन् । प्रहरीले जिप र चालक प्रविण गिरीलाई नियन्त्रणमा लिएको छ । मृतकका आफन्तहरूले राहत र दोषीमाथि कारबाहीको माग गर्दै अस्पतालअगाडि प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung