१५ कार्तिक २०८३, शनिबार

 

बागलुङमा जिप दुर्घटना, एक जनाको मृत्यु, ५ घाइते

फाइल तस्बिर

जिल्लाको तामानखोला गाउँपालिका–१ मा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

बोङ्गादोभान बजारबाट तमानखोला—१ को पैरातर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्युु भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए । उनका अनुसार ५ जना घाइते छन् ।

घाइते तीन जनालाई हेलिकोप्टरबाट पोखरा पठाइएको छ । दुई जनालाई पठाउने तयारी भइरहेको छ । जिपमा चालक सहित ६ जना सवार रहेको उक्त पिकअप जिप महभिर भन्ने स्थानमा सडकबाट दुई समय मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung