१५ कार्तिक २०८३, शनिबार

 

दर्लिङमा दुई युवा समूहबीच झडप, १५ जना बेपत्ता भएकाे आशंका

बागलुङ जिल्लाको बडिगाड–१० दर्लिङ बल्देधुरीमा दुई युवा समूहबीच झडप भएको छ । गुल्मी , बागलुङ र प्युठानको सीमाना बल्देधुरीमा होली मनाउन गएका युवाहरुबीच झडप हुँदा करिब १५ जना युवाहरु बेपत्ता भएको आशंका गरिएको छ ।

आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६ सय जना त्यहाँ उपस्थित भएका थिए । स्थानीयका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका– ७ र बडिगाड–१० का करिब १५ जना युवाहरु बेपत्ता भएका आंशका गरिएको छ ।

ती स्थानीयका भन्छन् ‘भैसी चरण गर्ने भीर हो, १० देखि १५ जना त्यहाँबाट पल्टिएको भन्न छ, अहिले पनि खोजी कार्य भइरहेको छ ।’ घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ । विस्तृत विवरण अाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung