१६ कार्तिक २०८३, आईतवार

 

बागलुङमा होली मनाउने विषयमा झडप, भीरमा भेटियो दुई जनाको शव

बागलुङ जिल्लाको बडिगाड–१० दर्लिङ बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

झडपपछि निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी इकवाल हवारीले नयाँ विश्वलाई जानकारी दिए ।

उनका अनुसार दुई युवा समूहबीच झडप भएको हो । ‘हाम्रो प्रहरी टोलीले दुई जनाको शव जंगलमा भेटाएको छ’, डीएसपी हवारीले भने, ‘राति भएकाले अन्य बेपत्ताको खोजीमा समस्या भइरहेको छ ।’

आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६ सय जना त्यहाँ उपस्थित भएका थिए । बडिगाड गाउँपालिका–१० का वडाध्यक्ष बिरेन्द्र बुढाले आफू बागलुङ सदरमुकाम गएर भर्खरै आएकाले त्यस विषयमा बुझ्दै गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung