१५ कार्तिक २०८३, शनिबार

 

बागलुङ सदरमुकामको एक रेष्टुरेण्टमा आगलागी, दश लाख बराबरको क्षेति

बागलुङ जिल्लाको सदरमुकामको एक रेष्टुरेण्टमा आगलागी भएको छ । बागलुङ नगरपालिका वडा नं २ स्थित ग्रिल एण्ड चिल रेष्टुरेण्टमा ग्यास लिक भएर आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।

रेष्टुरेण्टको किचरमा राखिएको ग्यास लिकेज भई आगलागी हुँदा रेष्टुरेण्टमा रहेका सम्पूर्ण सामान जलेर नस्ट भएका छन् ।
मद्यान्न किचनमा खाजा बनाउदै गर्दा एकाएक आगो सल्किएको संचालक विष्णु क्षेत्रीले बताए ।

आगलागीको थाहा पाएलगत्तै स्थानीय युवाहरु, नेपाल प्रहरी, शसस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकलको साहायताले आगो नियन्त्रणमा लिइएको छ बताए ।

किचनमा एकैठाउँमा ग्यास सिलिण्डर रहेकोले समयमानै आगो नियन्त्रणमा लिइएकाले ठुलो क्षेति हुनबाट जोगिएको स्थानीय बिकाश श्रेष्ठले बताए । आगलागि भएको करिव २५ मिनेट पछि मात्रै दमकल आएको थियो ।

२ बर्ष अगाडि सुरुगरेको रेष्ट्रुरेण्टमा स्तरीय एवं स्वादिष्ट खाजा खुवाउनेमा चर्चित रेस्टुरेन्टको सुचिमा पर्छ । व्यावसाय सुरुगरेको सुरुमै कोरोनाको मारमा पर्यौ, जेनतेन कोरोना सँग मुकाविला गर्दै एक महिना अगाडि सुरुगरेको व्यावसाय नै आगलागी मारमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung