१५ कार्तिक २०८३, शनिबार

 

महासंघको चुनावमा दुई गठबन्धन, ३८ पदका लागि १६५ जना चुनावी मैदानमा (सूचीसहित)

नेपाल पत्रकार महासंघको चैत २५ गते हुने चुनावमा १६५ जनाले उम्मेदवारी दिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले चुनावी मैदानमा उत्रेका हुन् ।

दुईवटा गठबन्धन भए पनि अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल गरी चारजना रहेका छन् । यसअघि मनोनयन गरेका दीपक पाठकले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार छन् । यसै पदमा उम्मेदवारी दर्ता गराएका ध्रुव लम्सालले भने फिर्ता लिएका छन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह रहेका छन् । महासचिवमा बालकृष्ण बस्नेत, रोसन पुरी र सुबोध गौतम प्रतिस्पर्धामा छन् । यसै पदमा उम्मेदवारी दिएका राजेश मिश्रले भने फिर्ता लिएका छन् ।

खुला सचिवमा ६ जना, महिला सचिवमा २ जना, आदिवासी जनाजाति सचिवमा ३ जना, सचिव (मधेस)मा ४ जना, दलित सचिवमा ५ जना, एसोसिएट सचिव र कोषाध्यक्षमा ६–६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यस्तै, प्रदेशबाट चयन हुने २ जना केन्द्रीय सदस्यका लागि प्रदेश १ बाट ६ जना, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र प्रतिष्ठान प्रदेशबाट ७–७ जना, लुम्बिनी प्रदेशबाट १० जना र सुदूरपश्चिमबाट ५ जना उम्मेदवार छन् ।

अन्तिम नामावली 

यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung