नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित अध्यक्ष नरेश कँडेलले बागलुङका सञ्चारकर्मीलाई प्रविधियुक्त बनाउने उद्घघोष गर्नु भएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको सातौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा पदस्थापन कार्यक्रममा बोल्दै पत्रकार महासंघले सुविधा सम्पन्न भवन बनाइसकेकाले अब “घर पछिको रहर ः सहि सूचना प्रविधि युक्त हात, हरेक पत्रकार ल्यापटका साथ” अभियानको घोषणा गर्नु भएको हो ।
यस अभियानले बागलुङ जिल्ला सम्पूर्ण क्रियाशील पत्रकारहरु श्रोतसाधन सहित आवश्यक प्राविधिक ज्ञान समेत उपलब्ध गराइने बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष कँडेलले आफ्नो कार्यकालमा मुख्य ४ वटा परिकल्पनामा आधारित भएर पत्रकारको हकहित, क्षमता अभिवृद्धी र संस्थागत विकासका क्रियाकलाप सञ्चालन गर्ने बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य छविलाल तिवारीले महासंघ सधै श्रमजीवी पत्रकार र पत्रकारिताको पक्षमा लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की ,नेपाली काग्रेस जिल्ला कार्यसमितिका सचिव नवराज पौडेल ,राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष धर्म कुवर ,नेकपा मालेका मञ्जु क्षेत्री पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हरिनारायण गौतम ,पूर्वअध्यक्ष
मुकेशचन्द्र राजभण्डारी ,रामवहादुर जिसी,सातौ अधिवेशन निर्वाचन समितिका संयोजक हिरावहादुर केसी,सदस्य राम शर्मा, निवर्तमान अध्यक्ष दिल श्रीष लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको गत चैत्र २५ गते सम्पन्न ७ औं अधिवेसनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित अध्यक्ष नरेश कँडेल सहितका पदाधिकारी, सदस्य, केन्द्रीय परिषद्का सदस्य, प्रदेश परिषद्का सदस्यहरुको सपथ ग्रहरण समेत गराइएको थियो ।

कार्यक्रममा महासंघका सधारण सदस्य तथा अधिवक्ता राम शर्माले आफ्ना माता पिता हेम कुमारी शर्मा र चन्द्रदत्त शर्माको स्मृतिमा २ लाख ५० हजार बरावरको हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्न चेक हस्तान्त्रण गर्नु भएको थियो ।
सोही अवसरमा महासंघद्धारा प्रकाशित धौलागिरी अञ्चलको ७ दशकको इतिहास समेटिएको धौलागिरीको पत्रकारिता विषयक पुस्तको समेत विमोचन गरिएको थियो । विमोचित पुस्ताकको बारेमा धौलागिरी बहुमुखि क्याम्पसका उपप्रध्यापक हरि प्रसाद पाण्डेले समीक्षा गर्नु भएको थियो ।
कार्यक्रममा महासंघको सस्थागत विकासमा सहयोग गरेको भन्दै निवर्तमान अध्यक्ष दिन श्रीष उपाध्यक्ष उषा पौडेल सचिव राम थापा र सह—सचिव सुवास आचार्यलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
पदस्थापन कार्यक्रम पत्रकार महासंघका अध्यक्ष दिल शिरिषको अध्यक्षता उपाध्यक्ष उषा पौडेलको स्वागत र सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।
पदस्थापन पछिको कार्यक्रम नवनिर्वाचित अध्यक्ष नरेश कँडेलको अध्यक्षता, सचिव विजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































