१६ कार्तिक २०८३, आईतवार

 

पत्रकारले जनताको आवाज बोक्नु पर्छ : सांसद सापकोटा

- नेपाल पत्रकार महासंघ बागलुङको नवनिर्वाचित समितिका सदस्यहरुलाई संचार संस्थाहरुको स्वागत,अध्यक्षको दश प्रतिवद्धताहरु

बागलुङका विभिन्न संचारगृह तथा सस्थाले नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्याक्रम सम्पन्न गरेको छ ।

बागलुङको ढोरपाटन राष्ट्रिय दैनिक, धौलागिरि एफ.एम,नयाँ विश्व डटकम,रेडियो सारथी धौलागिरी सञ्चार क्लव र कालिका वचत तथा ऋण सहकारी सस्थाले संयुक्त कार्यक्रम आयोजना गरी वधाई ज्ञापन गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले मुलक परिवर्तनका लागि पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै गतल प्रवृतिको विरुद्धमा कलम चलाउन आग्रह गर्नु भयो ।

नेकपा एमाले बागलुङका अध्यक्ष समेत रहेका सापकोटाले पत्रकारहरु कसैको दबाव र प्रभावमा नपरी सही सूचना प्रवाह गर्नु पर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय पत्रकारीतामा पनि केही बिकृति फैलन थालेको भन्दै जनतालाई सूसुचित गराउनु पत्रकारले आफ्नो सिद्धान्त भुल्न नहुने बताउनु भयो । नेपालमा गत राजनीतिक संस्कारको विकास हुन थालेको भन्दै त्यसको पत्रकारले भण्डाफोर गर्न आवश्यक रहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ बागलुङ अध्यक्ष नरेश कँडेलले आफनो कार्यकालमा पत्रकारहरुको हितमा दश वटा कार्ययोजना प्रस्तुत गर्दै यसको लागि सबैसँग सहकार्य गर्ने विचार व्यक्त गरेका थिए ।पत्रकारहरुलाई व्यवसायीक रुपमा सक्षम र प्राविधिक रुपमा दक्ष बनाउनेको लागि आफू लागि पर्ने अध्यक्ष कँडेलले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बागलुङका संयोजक ज्ञामनाथ गैरे, पत्रकार महासंघका पुर्वकेन्द्रीय सदस्य हरिनारायण गौतम, नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष तथा धौलागिरि संचार क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारी, रामबहादुर जिसी, निर्वतमान अध्यक्ष दिल शिरीष,सचिव राम थापा, कालिका सहकारीका सचिव भूपाल चालिसे, प्रेस संगठन नेपाल बागलुका संयोजक थम्मन थापा,

गुहेँली संचार सहकारीका अध्यक्ष खिम कार्की, होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, कालिका भगवती गुठीका अध्यक्ष राजु खड्का, पत्रकार महासंघ गण्डकी प्रदेशका नव निर्वाचित सदस्य ताराप्रसाद शर्मा, रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रम कालिका सहकारीका अध्यक्ष एवं पत्रकार महासंघका पुर्वउपाध्यक्ष हिमाल शर्माको अध्यक्षता, ढोरपाटन दैनिकका सम्पादक रामकृष्ण बोहराको स्वागत र नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung