
नयाँ विश्व डटकमको प्रकाशन सस्था नागरिक सञ्चार प्रा.लि.को चौंथो साधारण सभा सम्पन्न भएको छ ।काठमाडौंमा प्रमुख कार्यालय र शाखा बागलुङ भएको संस्थाको चौंथो साधारण सभा बागलुङमा शुक्रबार सम्पन्न भएको छ ।
साधारण सभाको अवसरमा बोल्दै समाजसेवी देवबहादुर श्रेष्ठले परम्परागत अन्य सञ्चार माध्यमको तुलनामा अनलाइन पत्रकारीता सहज र प्रभावकारी भएको बताए ।
नयाँ विश्वका सल्लाहकारसमेत रहेका श्रेष्ठले सूचना सञ्जालमा छिरेर छोटो समयमै सूचना र समाचार खोज्न सकिने भएकोले युग सुहाँउदो संचार माध्यम भएको बताए । अनलाइन सूचना प्रविधिसँग खेल्ने भएकाले आम नागरिकमा सूचना प्रविधिको सामान्य ज्ञान हुनु जरुरी रहेको औंल्याए ।
साधारण सभामा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेलले अनलाइन पत्रकारिता सबैभन्दा छिटो भन्ने मुल मन्त्रका साथ अगाडि बढिरहेकाले अन्य विधामा भन्दा अनलाइनमा भाषाको समेत राम्रो दखल हुन आवश्यक रहेको बताए । मोफसलमा स्थापित नयाँ विश्वले संचार क्षेत्रमा नयाँ उचाई भर्ने काम गरेको कँडेलले बताए ।
कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा शेयर सदस्य उमाकान्त शर्मा ‘बावु’ नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ,सत्य साई केन्द्र बागलुङका अध्यक्ष चयन देवी श्रेष्ठ लगाएतका वक्ताले नयाँ विश्वलाई समय सुहाउँदो ,विश्वासिलो र भरपर्दो संचार माध्यमको रुपमा स्थापित गर्न सवैले सहयोग तथा सहकार्य गर्नुपर्ने बताए ।
साधारण सभामा प्रा.लि.का सचिव मुकेशचन्द्र राजभण्डारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष निर्मलवहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम नागरिक सञ्चार प्रालिका कार्यवहाक अध्यक्ष सुवासचन्द्र राजभण्डारीको अध्यक्षता सह–सचिव अर्जुन चोखालको स्वागत र सचिव मुकेशचन्द्र राजभण्डीको संचालनमा सम्पन्न भएको थियो ।
नागरिक सञ्चार प्रालिले बागलुङ र काठमाण्डौ उपत्यकाबाट समाचार कक्ष र अन्र्तरवार्ता कक्षलाई अत्याधुनिक बनाई मल्टीमिडिया संचालन गर्ने तयारी गरेको प्रालिका कार्यवहाक अध्यक्ष सुवासचन्द्र राजभण्डारीले जानकारी दिए ।